संघीय लिम्बुवान प्रान्तीय मञ्च झापाको अध्यक्षमा पुन: आङ्थुपो
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति झापाको अध्यक्षमा पुनः राजा आङ्थुपो निर्वाचित भएका छन् ।
आज बिर्तामोडमा भएको आठौँ जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि आङ्थुपो अध्यक्षमा निर्वाचित भएका हुन् । जिल्ला कार्यसमितिको उपाध्यक्षमा करण योङहाङ,तीर्थराज पौडेल,सचिव कृष्णबहादुर लिम्बू,मकर लिम्बू,विद्या तुम्बापो,सह–सचिव तीर्थ पोमु,कोषाध्यक्ष विवेक साम्सुहाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा उमानाथ दमाई,भवानी तुम्बापो,आशिष् तुम्बापो,तेजु आङ्देम्बे,सुशान्त साम्पाङ,विचारी लावती,योगेन्द्र माबो,लीलानाथ आङ्देम्बे,रबिहाङ आङ्देम्बे सर्वसम्मत निर्वाचित भएका छन् ।
मञ्चका झापा अध्यक्ष राजा आङ्थुपोको अध्यक्षतामा भएको अधिवेशनलाई प्रमुख अतिथि मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले उद्घाटन गरेका थिए । कार्यक्रममा महासचिव धनराज सुब्बा,उपमहासचिव मानबहादुर साँवा,दिलु लिङ्देन लावती,काजीमान ओक्राबो,प्रान्तीय सचिव ध्रुव लावती,एलभी सह–कमान्डर सुमन सम्बाम्फे,प्रान्तीय सदस्य करण शेर्पालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले प्रदेश नं. १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सरकारले लागू गर्नु लिम्बुवान आन्दोलनको उपलब्धि भएको बताए । उनीहरूले लिम्बुवान आन्दोलनले सार्थकता पाउन लागेको भन्दै लिम्बुवान प्राप्तिको पहिलो चरणको ढोका खुलेकोमा खुशी व्यक्त गरे । पहिचानको आधारमा प्रदेशको नामकरण , समानुपातिक र समावेशी प्रतिनिधित्व नभएसम्म लिम्बुवानको आन्दोलन नरोकिने उनीहरूको भनाई थियो ।