२०८३ आश्विन १७ गते , शनिबार

बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने सिटी चालकसहित तीन जना पक्राउ

sajilo news
रासस
२०८३ आश्विन १७ गते , शनिबार
बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने सिटी चालकसहित तीन जना पक्राउ

झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने सिटी चालकसहित तीन जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे बिर्तामोड ४ आनन्दगन्ज टोलबाट इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध नियन्त्रण ब्यूरो शाखा काँकडभिट्टाको टोलीले प्र.१–०१–००२ ह ३२७५ नम्बरको सिटी चालक मोरङ कटहरी गाउँपालिका-७ का २२ वर्षीय निजाम मिया , सिटीमा सवार बिर्तामोड ४ आनन्दगन्ज टोल बस्ने ४१ वर्षीया सुगन्धा मण्डल र हल्दिवारी-२ पाराखोपी बस्ने ४५ वर्षीया लक्ष्मी दर्जीलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्लास्टिकसहित ९ ग्राम र प्लास्टिकबाहेक ७ ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । तीन जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार