२०८३ आश्विन १७ गते , शनिबार

गोलधाप सामुदायिक वनको काठ मिलमा, वन कार्यालयले थाल्यो अनुसन्धान

sajilo news
झापा
२०८३ श्रावण १० गते , आईतबार
गोलधाप सामुदायिक वनको काठ मिलमा, वन कार्यालयले थाल्यो अनुसन्धान

बिर्तामोड-४ स्थित नवदुर्गा काठ मिलमा सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनबाट ल्याइएको काठका सम्बन्धमा डिभिजन वन कार्यालयले अनुसन्धान थालेको छ । डिभिजन वन कार्यालयअन्तर्गतको सव डिभिजन वन कार्यालय सुरुङ्गाले काठ मिलमा भेटिएका अन्दाजी ५० क्युविक फिट मसला जातको ८ वटा गोलियाका विषयमा अनुसन्धान थालेको हो । सो काठ अवैध भन्ने उजुरी परेपछि मिलमा पुगेर सर्जमिन गरी अनुसन्धान थालिएको सव डिभिजन कार्यालयका महेन्द्र पौडेलले बताए । उनले प्रक्रिया पुर्‍याएर काठ बिक्री गरे नगरेको विषयमा छानबिन शुरु गरिएको जानकारी दिए ।

हिजो ट्याक्टरमा लोड गरी सो काठ मिलमा लगिएको थियो । वन उपभोक्ता समितिले बिल काटेर सो काठ मिलमा पठाएको कुरा सुनेको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख नथुनी गुहियारी यादवले त्यसबारे छानबिन भइरहेको बताए ।

वन समितिका अध्यक्ष कृष्ण लिम्बूले सिताराम मन्दिरलाई छाना लगाउन सो ४० क्यु.फि. मसलाको काठ समितिको बैठकले निर्णय गरेर गत चैत ११ गतेको हावाहुरीले ढलेकोबाट निःशुल्क सहयोग गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले समितिबाट खराबी भएको प्रमाणित भए आफू अध्यक्ष पदबाट राजीनामा दिन र कारबाही भोग्न तयार रहेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार