२०८३ आश्विन १७ गते , शनिबार

झापाको टाघनडुब्बामा ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
झापा
२०८३ असार १ गते , सोमबार
झापाको टाघनडुब्बामा ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले शनिबार साँझ करिब ७:४० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंकाको आधारमा चेकजाँच गरेको थियो।

सो क्रममा कमल गाउँपालिका–३ निवासी अन्दाजी ३१ वर्षीय धनुश सहनीको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको उक्त पदार्थ प्लास्टिकबाहेक ४ ग्राम २२ मिलिग्राम रहेको छ। लागुऔषधसहित पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी टाघनडुब्बामा राखिएको थियो। थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

सम्बन्धित समाचार