२०८३ आश्विन १७ गते , शनिबार

प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

sajilo news
झापा
२०८२ मंसीर १५ गते , सोमबार
प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार सिइओ शेरचनलाई पक्राउ गरेको हो।

राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको र सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरुपयोग गरेको कसूरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

शेरचनसँगै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पनि पक्राउ गरेको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार