२०८३ आश्विन १७ गते , शनिबार

नेपालले आयोजक भारतलाई हरायो

sajilo news
झापा
२०८२ कार्तिक ११ गते , मंगलबार
नेपालले आयोजक भारतलाई हरायो

इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई घरेलु मैदानमा हराएको छ। 

 सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई २-१ ले हराएको हो।   कप्तान साबित्रा भण्डारीको दुई गोलमा नेपालले भारतलाई उसकै घरमा हराएको छ।  खेलको दोस्रो मिनेटमा नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले दुईजना डिफेन्डर र गोलकिपरलाई बिट गर्दै पहिलो गोल गरिन्।

खेलको बाइसौँ मिनेटमा नेपालकी प्रीति राईले डिबक्स भित्र राम्रो अवसरलाई सदुपयोग गर्न सकिनन्। उनले हानेको प्रहार दोस्रो बार हुँदै बाहिरियो। 

३२औँ मिनेटमा भारतले राम्रो अवसर पाएको थियो। भारतकी जर्सी नम्बर ११ कि दाङमेइ ग्रेसले सम्पूर्ण डिफेन्डरहरूलाई बिट गर्दै दायाँ तर्फबाट बढाएको बललाई उनले फिनिस नगर्दै क्रस गर्दा भारतले राम्रो अवसर गुमायो। खेलको ४३ औँ मिनेटमा नेपालले दिपा शाहीको पासमा कप्तान भण्डारीलाई दिएको बल भारतकी गोलकिपरले उत्कृष्ट बचाउ गरिन्।

पहिलो हाफमा १ गोलले‌ अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल गर्दै १ गोल बेहोर्‍यो। खेलको दोस्रो हाफमा नेपालका लागि कप्तान साबित्रा भण्डारीले ६३ औँ मिनेटमा गोल गर्दै नेपाललाई २–० को अग्रता मा लिएर आइन्। ६२ औँ मिनेटमा प्रीति राईलाई गोल अगाडि बढाउने क्रममा भारतीय खेलाडीले फाउन्ड गर्दा नेपालले डिबक्स अगाडि फ्री किक जितेको थियो। उक्त फ्री किक खेलको ६३ औँ मिनेटमा नेपालकी कप्तान साबित्रा भण्डारीले फ्री किक मार्फत उत्कृष्ट फिनिस सहित गोल गरिन्। 

भारतले खेलको ८१ औँ मिनेटमा गोल फर्कायो लामो समयको नेपालको चुनौती पश्चात् भारतले गोल फर्काएको हो। भारतका लागि जर्सी नम्बर ९ कि करिश्मा पुरुषोत्तमले नेपालकी गोलकिपर अन्जना राना मगरलाई बिट गर्दै गोल गरेकी हुन्।  ८३ औँ  मिनेटमा साबित्रा भण्डारीको पासमा प्रीति राईले हानेको बल पहिलो बार हुँदै बाहिरियो। 

 

सम्बन्धित समाचार