२०८३ आश्विन १८ गते , आईतबार

म्यानमार र थाइलायन्डमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १७०० पुग्यो

sajilo news
एजेन्सी
२०८१ चैत्र १८ गते , सोमबार
म्यानमार र थाइलायन्डमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १७०० पुग्यो

म्यानमार र थाइलायन्डमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार ७ सय पुगेको छ, भने तीन सय बढी मानिस अझै बेपत्ता रहेका छन्। ३ हजार ४०० बढी घाइते भएका छ।  अहिले पनि उद्धार कार्यमा जारी रहेको जनाइएको छ ।

सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उभएको थियो । दोस्रो ठुलो सहर माल्डल्यबाट १२ तले घरमा एक महिलाको पुरिएको ३० घण्टापछि उद्धार भएको छ। त्यस स्थानमा अझै ९० जना पुरिएका जनाइएको छ। उद्धारकर्ताले किन्डर गार्डेन रहेको घर भत्किदा १२ जना बालबालिकाको शव फेला पारेका छन्।

सम्बन्धित समाचार