२०८३ आश्विन १७ गते , शनिबार

नेपाल सुपर लिगको ट्रफी झापामा प्रदर्शन

sajilo news
झापा
२०८१ चैत्र ५ गते , मंगलबार
नेपाल सुपर लिगको ट्रफी झापामा प्रदर्शन

काठमाडौँमा यही चैत १६ गतेदेखि हुने तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा प्रदर्शन गरिएको छ । 
सोमबार भद्रपुरस्थित मेची रंगशालामा गरिएको एनएसएलको ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल लगायतले कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम झापा एफसीलाई च्याम्पियन बन्नका लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
मेची रंगशालाबाट प्रदर्शन सुरु गरिएको ट्रफी नेपालको होचो भूभाग कचनकवल, काँकडभिट्टा, इस्ट होराइजन स्कुल धुलाबारी, बर्ने चिया बगान, बुधबारे, अर्जुनधाराधाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकमा पुगेर टुङ्गिएको थियो । 
धनगढीबाट सुरु गरिएको ट्रफी प्रदर्शन बुटवल, लुम्बिनी, चितवनपछि झापामा भएको हो । झापापछि पोखरा, ललितपुर हुँदै काठमाडौँ पुगेर समापन गरिने बताइएको छ । चैत १६ गतेबाट सुरु हुने प्रतियोगितामा सात वटा टिमले भाग लिने छन् । प्रतियोगिताको उद्घाटन खेल ललितपुर र काठमाडौँबीचमा हुनेछ  । फाइनल खेल बैशाख १३ गते हुनेछ ।
 

सम्बन्धित समाचार