२०८३ आश्विन १८ गते , आईतबार

मोरङमा सुन गोहोरोसहित दुईजना पक्राउ

sajilo news
मोरङ
२०८१ पौष २३ गते , मंगलबार
मोरङमा सुन गोहोरोसहित दुईजना पक्राउ

मोरङमा सुन गोहोरोसहित दुईजना पक्राउ परेका छन्।  विराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन्। 

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरोसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाइएको छ।

सम्बन्धित समाचार