२०८३ आश्विन १८ गते , आईतबार

भारतको दिल्लीमा वायु प्रदूषण 'जोखिमपूर्ण', जीआरएपी-४ लागू

sajilo news
एजेन्सी
२०८१ मंसीर ४ गते , मंगलबार
भारतको दिल्लीमा वायु प्रदूषण 'जोखिमपूर्ण', जीआरएपी-४ लागू

भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि  जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। 

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द विहारमा एक्युआई ४८७ मापन गरिएको थियो। त्यस्तै पञ्जाबी बागमा एक्युआई ४९० र वहीँ द्वारमा ५०० बढी मापन गरिएको थियो। 

त्यस्तै दिल्लीकी मुख्यमन्त्री आतिशीले देशभरि परालमा आगो लगाएका कारण वायु प्रदूषण बढेको बताइन्। खुलेआम पराल जलाउँदा पनि केन्द्रीय सरकार मुकदर्शक बनेको उनको आरोप छ। पञ्जाब, हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थानलगायत प्रदेशमा परालको आगोले वायु प्रदूषण बढाएको उनले बताइन्। 

सम्बन्धित समाचार