२०८३ आश्विन १८ गते , आईतबार

अदालतका दुईजना कर्मचारी २० हजार घुससहित पक्राउ

sajilo news
झापा
२०८१ कार्तिक २८ गते , बुधबार
अदालतका दुईजना कर्मचारी २० हजार घुससहित पक्राउ

कपिलवस्तु अदालतका दुईजना कर्मचारी २० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुईजना कर्मचारीलाई पक्राउ गरेको हो।

कपिलवस्तुका जिल्ला अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई घुससहित कपिलवस्तुको गौढीचोकस्थित चियापसलबाट पक्राउ गरिएको हो। अहिले थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार