२०८३ आश्विन १८ गते , आईतबार

दिल्लीको वायु गुणस्तर खराबस्तरमा, धुवाँले ढाक्यो राजधानी

sajilo news
एजेन्सी
२०८१ कार्तिक ६ गते , मंगलबार
दिल्लीको वायु गुणस्तर खराबस्तरमा, धुवाँले ढाक्यो राजधानी

भारतको राजधानी नयाँदिल्लीमा सोमवारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ।  मौसम, पूराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदूषण बढेको हो। धुवाँले राजधानीलाई ढाकेको जनाइएको छ।  

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो। 

इन्डिया गेट नजिकैका वरपरका क्षेत्रहरूमा एक्यूआईको तह ३०९ रेकर्ड गरिएको छ भने सफदरजङ्गमा ३०७ रेकर्ड गरिएको छ। यो तहले वायुको खराब गुणस्तरलाई मापन गर्छ।

यसैबीच, भारतका नदीहरूमा प्रदूषणको स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको जनाइएको छ। वातावरणविद् विमलेन्दु के झाले यस घटनालाई दिल्लीको वातावरणमैन्त्री शासनको पूर्ण उपहासको रुपमा व्याख्या गरेका छन्। उनले प्रदूषण दिल्लीबाटै भएको उल्लेख गरेका छन्।

यसअघि एएनआईसँग कुरा गर्दै इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरको कोटक स्कुल अफ सस्टेनेबिलिटीका डिन प्रोफेसर सच्चिदानन्द त्रिपाठीले ‘यमुना नदीमा विषाक्तताको प्रभाव खतरनाक रहेको बताएका थिए। 

उनका अनुसार साबुन, डिटर्जेन्ट र अन्य प्रदूषकहरूबाट नदीमा बग्ने फोहोर पानीमा ठूलो मात्रामा मिसिनाले बारम्बार यस्ता घटना हुने गर्छन्। 

सम्बन्धित समाचार