२०८३ आश्विन १८ गते , आईतबार

नेपालमा गैरकानुनी तरिकाले बसिरहेका १५ बंगलादेशी नागरिक पक्राउ

sajilo news
झापा
२०८१ आश्विन १६ गते , बुधबार
नेपालमा गैरकानुनी तरिकाले बसिरहेका १५ बंगलादेशी नागरिक पक्राउ

नेपालमा गैरकानुनी तरिकाले बसिरहेका १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीको काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयको टोली उनीहरूलाई काठमाडौंको सोह्रखुट्टे र ठमेल क्षेत्रबाट पक्राउ गरेको हो।

गैरकानुनी तरिकाले बसिररहेका उनीहरूले शंकास्पद् गतिविधि गरिरहेको सूचना पाएपछि कार्यालयबाट खिटएको विशेष टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

पक्राउ पर्नेमा ४० वर्षीय मोखलेस, २० वर्षीय अमिरुल इस्लाम रोबिन, ३५ वर्षीय मसुद सिकारी, २५ वर्षीय मुसा धाली, २० वर्षीय मोहम्मद मुसरुफ हुसैन, २४ वर्षीय सोजि मियाँ, २० वर्षीय मोहम्मद अल अमिन, ४४ वर्षीय मोहम्मद अनवर हुसैन, २२ वर्षीय सलमान मियाँ, २१ वर्षीय सलेह अहमद रेजुवने, ३१ वर्षीया मोहम्मद अबु सलेह, मोहम्मद नुर आलम, ३९ वर्षीय मोहम्मद मोनिर हुसैन, २७ वर्षीय मोहम्मद हाफिज उद्दीन र २१वर्षीय कुमरुल हुसैन रहेका छन्। 

उनीहरूलाई आवश्यक आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए। 

सम्बन्धित समाचार