२०८३ आश्विन १८ गते , आईतबार

झापाका मिटरव्याजी बस्नेत पक्राउ

sajilo news
झापा
२०८१ श्रावण २१ गते , सोमबार
झापाका मिटरव्याजी बस्नेत पक्राउ

बिर्तामोडका मिटरव्याजी मधुकर बस्नेत पक्राउ परेका छन् । अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि उनी फरार रहेका थिए । कृष्णप्रसाद सिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका --६ घर भई हाल बिर्तामोड- ५ मा डेरा गरी बस्ने ३४ वर्षीय बस्नेत फरार रहेकोमा उनलाई सुनसरीको इटहरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी कृष्णकुमार चन्दले बताए । उनलाई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

सम्बन्धित समाचार