२०८३ आश्विन १७ गते , शनिबार

गाजामा इजरायलको अहिले सम्मकै ठूलो हवाई आक्रमण

sajilo news
एजेन्सी
२०८० कार्तिक १२ गते , आईतबार
गाजामा इजरायलको अहिले सम्मकै ठूलो हवाई आक्रमण

इजरायलले गाँजामा अहिले सम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको दाबी गरेको छ। इजरायली रक्षा बलहरूले गाजा युद्धको अहिलेसम्मको सबैभन्दा ठूलो हवाई हमला भएको जनाएको हो। एक सयओटा बिमानहरुले गाँजाका १५० भन्दा बढी भूमिगत सुरुङमा लक्षित गर्दै आक्रमण गरेको हो। इजरायलले भूमिगत आतंकवादी पूर्वाधारमा समेत आक्रमण गरेका छन्। आक्रमणका क्रममा गाजाका प्यालेस्टिनी बासिन्दाहरूले गाजापट्टीका तीन स्थानहरूमा रातभर इजरायली सेना र हमासबीच झडप भएको समेत बताएको छ।

आक्रमणका कारण हिजो साँझदेखि गाजामा इन्टरनेट र मोबाइल सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। गाजामा हमास र इजरायलको युद्ध चर्कंदै जाँदा यसको असर लेबनानमा पनि देखिएको छ।

लेबनानी अधिकारीहरूले आज बेरुत अन्तर्राष्ट्रिय विमानस्थल र यसका वरपरका आपतकालिन सेवामा रहेका सबै पूर्बाधारहरु तत्काल खाली गर्न निर्देशन दिएको छ। लेबनानी–इजरायली सीमामा तनाव बढ्दै गएपछि सावधानीस्वरूप लेबनानले उक्त निर्देशन दिएको हो।

सम्बन्धित समाचार