२०८३ आश्विन १८ गते , आईतबार

इलाममा हत्या, आरोपी तामाङ पक्राउ 

sajilo news
इलाम
२०८० आश्विन १ गते , सोमबार
इलाममा हत्या, आरोपी तामाङ पक्राउ 

इलाममा हत्या आरोप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका- ९ का ५२ वर्षीय रविन भन्ने रेसमराज राईको हत्याको आरोपमा सोही ठाउँका २९ वर्षीय पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार इलाम-९ स्थित गायोडाँडा लामेदुहाली कुलोमा राईको शव शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमान्डमा खटिएको टोलीले मृतक लास एवं घट्नाको प्रकृति हेर्दा राईको टाउकोमा गम्भीर चोट लागेर रगत बगेको तथा कसैले कर्तव्य गरी मारेको हुन सक्ने देखिएको थियो । अनुसन्धानको क्रममा उक्त घटना तामाङले घटाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनलाई कारबाही गरी पाऊँ भनी मृतकका छोरा दीपक भन्ने मनजय राईले किटानी जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जवेगुले बताए । 

सम्बन्धित समाचार