२०८३ आश्विन १७ गते , शनिबार

भारतको पहिलो सौर्य मिसन आदित्य- एल१ प्रक्षेपण

sajilo news
एजेन्सी
२०८० भाद्र १७ गते , आईतबार
भारतको पहिलो सौर्य मिसन आदित्य- एल१ प्रक्षेपण

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य- एल१ प्रक्षेपण गरेको छ। आदित्य- एल१ आन्ध्र प्रदेशको सतीशअन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो। यो यानलेले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ।

आदित्य- एल१ सूर्यको लागि भारतको पहिलो मिसन हो।  धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन्। यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन।

यो मिसनले सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ। यो मिसनलाई पीएसएलभी–एक्स एल रकेटबाट प्रक्षेपण गर्न लागिएको र सूर्यबाट १४.८५ करोड किलोमिटर दूरीमा पुगेर तस्विर संकलन गर्ने जनाइएको छ । पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। भारतले पठाउन लागेको आदित्य एल–वान मिसन झण्डै ६१ लाख किलोमिटरको दूरी तय गरेर सूर्य र पृथ्वीबीचको सिधा रेखामा १५ लाख किलोमिटरको दूरीमा पुग्नेछ। 

पृथ्वीबाट १५ लाख किलोमिटर टाढादेखि सूर्यको गुरुत्वाकर्षण शक्तिको प्रभाव क्षेत्र मानिन्छ । ल्यागरेन्ज पोइन्ट भनिने शून्य गुरुत्वाकर्षण क्षेत्रसम्म पुगेर भारतीय अभियानले सूर्यसम्बन्धी नयाँ तथ्य खोजी गर्ने वैज्ञानिकले बताएका छन्। सूर्य अत्यन्त ताप भएको ग्रह हो। त्यसैले कुनै पनि मिसन सूर्यको नजिक जाँदा पग्लिएर नष्ट हुन्छ।

सम्बन्धित समाचार