२०८३ आश्विन १७ गते , शनिबार

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

sajilo news
झापा
२०८० जेष्ठ २ गते , मंगलबार
दुई थान पेस्तोलसहित तीन जना पक्राउ

अत्याधुनिक इटाली दुई थान पेस्तोलसहित प्रहरीले धरानबाट तीन जनालाई पक्राउ गरेको छ।  प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष ब्यूरोको टोली र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पेस्तोल लुकाउने धरान-१७ का दाजुभाइ २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान-१५ का २४ वर्षीय रोहित राईलाई पेस्तोलसहित पक्राउ गरेको हो। 

धरान उपमहानगरपालिका-१५ विशाल चोक र वडा नम्बर १७ को डाँडा घोपाबाट दुई इटाली पेस्तोल र पेस्तोल लुकाएर राखेको आरोपमा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए। 

विशेष सुराकीका आधारमा ब्यूरोका प्रहरी नायब निरीक्षक रुद्र खडाका र इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुको नेतृत्वको टोली त्यहाँ पुगेको थियो।

जिमी दाजुभाइ र राइले पेस्तोल खरिद गरेर कुनै अप्रिय घटना घटाउन लागेको सुराकी पाएको प्रहरी टोलीले दुवै जनाको घरमा छापा मारी पेस्तोल बरामद गरिएको डीएसपी मल्लले बताए।  तीनै जनालाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। अन्नपूर्णबाट

सम्बन्धित समाचार