२०८३ आश्विन १७ गते , शनिबार

मेची पुलबाट ब्राउन सुगरसहित दुई पक्राउ

sajilo news
झापा
२०७९ फाल्गुन १ गते , सोमबार
मेची पुलबाट ब्राउन सुगरसहित दुई पक्राउ

मेचीनगर । काँकडभिट्टास्थित मेची पुलमा ब्राउन सुगरसहित दुई पक्राउ परेका छन् । आइतबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर- ६ बस्ने ३३ वर्षीय शिव श्रेष्ठ प्रधान र सोही ठाउँका ३३ वर्षीय विजय तिवारीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट एक ग्राम ब्राउन सुगर फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सम्बन्धित समाचार