२०८३ आश्विन १७ गते , शनिबार

पोर्चुगलविरुद्ध पहिलो हाफमा मोरक्कोको अग्रता

sajilo news
झापा
२०७९ मंसीर २५ गते , आईतबार
पोर्चुगलविरुद्ध पहिलो हाफमा मोरक्कोको अग्रता

दोहा । योसुफ एन–नेसेरीका एक गोलप्रेरित मोरक्कोले फिफा विश्वकपको क्वार्टरफाइनलअन्तर्गत पोर्चुगलविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ। अल थुमामा रंगशालामा जारी खेलको ४३औं मिेनटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत एन–नेसेरी उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। यो खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ। फाइनल प्रवेशका लागि आज राति नै हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।

सम्बन्धित समाचार