२०८३ भाद्र १५ गते , सोमबार

भद्रपुरमा ब्राउन सुगर सप्लाई गर्ने गलगलियाका महिला पक्राउ

sajilo news
झापा
२०८३ भाद्र १५ गते , सोमबार
भद्रपुरमा ब्राउन सुगर सप्लाई गर्ने गलगलियाका महिला पक्राउ

नेपाल–भारत सीमामा लागूऔषध ओसारपसार विरुद्धको अभियानअन्तर्गत ४१ औं बटालियन एसएसबी रानीडांगा र गलगलिया प्रहरी चौकीले सफलता हासिल गरेको छ।

आइतबार संयुक्त टोलीले गलगलिया रेलवे स्टेशन नजिकैको काठ डिपोमा रहेको एक घरमा छापा मारेर ५० ग्राम ब्राउन सुगर बरामद गरेको छ। गलगलियाको काठ डिपो निवासी मोहम्मद मुस्ताककी श्रीमती ४८ वर्षीया सबना खातुनलाई घटनास्थलबाट पक्राउ गरिएको छ।

गोप्य सूचनाको आधारमा जी कम्पनी भातगाउँ र ए कम्पनी निम्बुगुरीका सुरक्षाकर्मीहरूले प्रहरीसँग मिलेर यो कारबाही गरेका हुन्। छापा मार्ने ठाउँ सीमा चौकी नम्बर १०२ बाट भारतीय भूभागमा लगभग ४५० मिटरभित्र अवस्थित छ। सोधपुछका क्रममा ती महिलाले आफ्ना पति मोहम्मद मुस्ताक र छोरा सौरभ लागूऔषध ओसारपसारको आरोपमा पहिले नै जेलमा रहेको बताएकी छन् । उनीहरुले त्यहाँबाट भद्रपुर नाकाबाट नेपालतर्फ लागूऔषध सप्लाई गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । 

सम्बन्धित समाचार