२०८३ भाद्र ८ गते , सोमबार

महिला तथा बालबालिका जागरण अभियान भद्रपुरको अध्यक्षमा श्रेष्ठ, सर्प उद्धारकर्ता पासवानलाई सम्मान

sajilo news
झापा
२०८३ भाद्र ८ गते , सोमबार
महिला तथा बालबालिका जागरण अभियान भद्रपुरको अध्यक्षमा श्रेष्ठ, सर्प उद्धारकर्ता पासवानलाई सम्मान

भद्रपुर । महिला तथा बालबालिका जागरण अभियान भद्रपुरको अध्यक्षमा नीता श्रेष्ठ पुनः चयन भएकी छिन्। अभियानको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा सम्पन्न १९औँ वार्षिक तथा पाँचौँ निर्वाचित साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेकी हुन् ।
समितिको उपाध्यक्षमा हिरा श्रेष्ठ, सचिवमा पार्वती ओझा, सहसचिवमा चमेली खड्का र कोषाध्यक्षमा सुष्मा दाहाल चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा जयन्ती मानी, देवी कार्की, मिसेल बुढाथोकी, विद्या प्रधान, मिना ओली र प्रतिमा शर्मा चयन भएको संस्थापक अध्यक्ष शर्मिला अधिकारीले जानकारी दिइन्।

नीता श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानका तीन जनालाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरुमा अभियानकी ज्येष्ठ सदस्य इन्दिरा रेग्मी, संस्थापक सचिव तिलोत्तमा खत्री र सर्प उद्धारकर्ता सन्तोष पासवान रहेका छन् । 

सर्प उद्धारमा योगदान पुर्‍याएको भन्दै पासवानलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सर्पदंशसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। सचेतना कार्यक्रमको सहजीकरण अभिषेक पोखरेलले गरेका थिए । 

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडा नम्बर ८ का अध्यक्ष गौरव सुब्बा ‘मनोज’, पूर्वउपप्रमुख चन्द्रमाया श्रेष्ठ, श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमकी अध्यक्ष शान्ता भट्टराई बराल तथा सम्मानित व्यक्तित्व तिलोत्तमा खत्री कार्कीले मन्तव्य राखेका थिए । 

सो अवसरमा संस्थापक अध्यक्ष शर्मिला अधिकारीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा हिरा श्रेष्ठले स्वागत मन्तव्य र सञ्चालन सचिव पार्वती ओझाले गरेकी थिइन् । 
 

सम्बन्धित समाचार