२०८३ भाद्र ३ गते , बुधबार

हात्तीले हल्दिबारीको शिवालय मन्दिर भत्कायो

sajilo news
झापा
२०८३ भाद्र ३ गते , बुधबार
हात्तीले हल्दिबारीको शिवालय मन्दिर भत्कायो

झापाको हल्दिबारी गाउँपालिका–३ मा जङ्गली हात्तीले श्री सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा क्षति पुर्‍याएको छ ।  जङ्गली हात्तीले मन्दिरको मुख्य प्रवेशद्वारका दुई वटा पिलर, गेट तथा ग्रिलबार भत्काउनुका साथै गुरु आश्रमको ढोका र झ्यालमा समेत गम्भीर क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

रातको समयमा हात्तीको समूह बस्ती क्षेत्रमा प्रवेश गरी मन्दिरमा क्षति पुर्‍याएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। हात्तीको आवतजावत बढेसँगै मानव तथा भौतिक क्षतिको जोखिम बढेको भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल नियन्त्रण तथा सुरक्षाका प्रभावकारी उपाय अपनाउन माग गरेका छन्।

सम्बन्धित समाचार